२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाम्का बजार आगलागीकाे राहत वितरण गर्न...

बाम्का बजार आगलागीकाे राहत वितरण गर्न नगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन

बाम्का बजार आगलागीकाे राहत वितरण गर्न नगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन

सीएनएन खबर
आइतवार, जेठ २५ २०८२०८:०२
सीएनएन खबर
आइतवार, जेठ २५ २०८२०८:०२
  • images

    काठमाडौँ । बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छभने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ । 

    आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोडभन्दा  बढी क्षति भएको बताइएको छ । राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ । 

    शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए ।

    उनका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगङ्गा नगरपालिकाका उपप्रमुख माया खड्का लगायत छन्। दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, सङ्घ, प्रदेश र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगरप्रमुख थापाले बताए ।
     
    एक लाख सहयोग

    बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले रु एक लाख राहतस्वरुप सहयोग गरेको छ । बुढीनन्दा नगरप्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई एक लाख नगद हस्तान्तरण गरेको बुढीगङ्गा –६ का वडाध्यक्ष जैशीले बताए ।

    आगलागीपीडितका लागि राहत वितरण तथा पुनःस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको नगरप्रमुख बोहराले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend