२०८३, आश्विन २१ गते

images

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सोमवार, जेठ २६ २०८२०३:३७
सोमवार, जेठ २६ २०८२०३:३७
  • images

    काठमाडौं । साताको दोस्रो दिन सेयर बजार बढेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक २३ दशलमव १९ अंकले बढेर २,६५३ को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, मकर जितुमाया, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

    आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ६१ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend