काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको पूर्वअध्यक्ष डा चन्द्रप्रसाद अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बैंकबाट ऋण प्रवाह गर्दा घुस लिएको आरोपमा अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। आयोगले उनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो।
उनले रुपन्देहीको भुषाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख कर्जा प्रवाहमा सघाएका थिए। त्यसवापत १९ लाख अधिकारीले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । भुषाल हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुषालविरुद्ध पनि घुस दिएको आरोपमा मुद्दा दायर भएको छ।

