२०८३, आश्विन २१ गते

images

राष्ट्र बैंकले मौद्रिक नीतिमा माग्यो राय/सुझाव

राष्ट्र बैंकले मौद्रिक नीतिमा माग्यो राय/सुझाव

सोमवार, जेठ २६ २०८२१०:२३
सोमवार, जेठ २६ २०८२१०:२३
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति ल्याउन सुरुआती प्रक्रिया अगाडि बढाएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै सरोकारवाला निकायहरुसँग मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको हो।

    सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरुले आउँदो असार १० गतेभित्र राय-सुझाव पठाउन सक्नेछन्।
    सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई-मेलमार्फत पठाउन सक्नेछन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend