२०८३, आश्विन २३ गते

images

टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

मंगलवार, जेठ २७ २०८२०३:५६
मंगलवार, जेठ २७ २०८२०३:५६
  • images

    काठमाडौँ । काठमाडौंको टोखामा गोली चलेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । 

    टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागु औषध कारोबारको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । 

    सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

    उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend