२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • विपक्षीको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक बस्दै, होल...

विपक्षीको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक बस्दै, होल बजेट छलफल ?

विपक्षीको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक बस्दै, होल बजेट छलफल ?

बुधवार, जेठ २८ २०८२०६:५६
बुधवार, जेठ २८ २०८२०६:५६
  • images

    काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।

    ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक/पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।  

    प्रमुख विपक्षी नेपाली काँग्रेससहितका दलहरूले भिजिट भिसासम्बन्धी मुद्दामा स्पष्ट जवाफ र सरकारको जवाफदेही माग गर्दै बैठकहरू निरन्तर अवरुद्ध गर्दै आएका छन्। यसबीच सहमतिका प्रयास भए पनि छलफलहरू निष्कर्षविहीन भइरहेका छन्। यस्तै गतिरोधबीच आजको बैठक भने अर्थमन्त्रीको प्रस्तुति र राजश्व–व्यय अनुमानमाथि छलफल हुने सम्भावनामा रहेको छ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ । 

    प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend