२०८३, आश्विन २३ गते

images

बुधबार पनि विपक्षीले संसद्मा अवरोध गर्ने

बुधबार पनि विपक्षीले संसद्मा अवरोध गर्ने

बुधवार, जेठ २८ २०८२०१:२५
बुधवार, जेठ २८ २०८२०१:२५
  • images

    काठमाडौँ । भिटिज भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेका विपक्षी दलले आज पनि त्यसलाई निरन्तरता दिने भएका छन्। 

    बधुबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बानेश्वरमा विपक्षी दलका नेताहरुले छलफल गरेका थिए। माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे,  सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु छलफलमा बसेका थिए। 

    छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाएसम्म विरोधको कार्यक्रम कायमै रहने बताए।

    प्रतिनिधिसभाको बैठक दिउँसो १ बस्दै छ। गृहमन्त्री लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend