काठमाडौँ । बुधबार बसेको प्रतिनिधिसभाको बैठक स्थगीत भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगितको घोषणा गरेका हुन् ।
उनले बिहीबार दिनको ३ बजेबस्नेगरी बैठक स्थगित भएको घोषणा गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरूले दुई सातादेखि संसद बैठकमा अवरोध गर्दै आएका छन् । बुधबार बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरू उठेर गृहमन्त्रीको राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

