२०८३, आश्विन २३ गते

images

पोखरामा दुईवटा प्याराग्लाइडिङ फेवातालमा खसे

पोखरामा दुईवटा प्याराग्लाइडिङ फेवातालमा खसे

सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०५:०३
सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०५:०३
  • images

    काठमाडौँ । पोखरामा प्याराग्लाईडिङ्ग ल्यान्डिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 

    दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरुलाई दिउँसो करीब ३ बजे सकुशल उद्धार गरेको पनि थापाले बताए। 


    उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाईलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङ्गका पाईलट २८ वर्षीय विश्वास अधिकारी छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend