२०८३, आश्विन २१ गते

images

३ लाख २९ हजारले हात पारे ट्रेड टावरको आईपीओ

३ लाख २९ हजारले हात पारे ट्रेड टावरको आईपीओ

आइतवार, आषाढ १ २०८२१२:४९
आइतवार, आषाढ १ २०८२१२:४९
  • images

    काठमाडौं । ट्रेड टावर कम्पनीको आईपीओ आइतबार बाँडफाँट भएको छ। कम्पनीले आइतबार २० लाख ७४ हजार जनाले दिएको आवेदनमध्ये ३ लाख २९ हजारले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन्।

    कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend