२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रहरीको सम्पर्क बाहिर रहेका धवलशमशेर भए...

प्रहरीको सम्पर्क बाहिर रहेका धवलशमशेर भए अदालतमा उपस्थित

प्रहरीको सम्पर्क बाहिर रहेका धवलशमशेर भए अदालतमा उपस्थित

सोमवार, आषाढ २ २०८२१०:२८
सोमवार, आषाढ २ २०८२१०:२८
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा अदालतमा उपस्थित भएका छन् । प्रहरीको सम्पर्क बाहिर रहेका उनी सोमबार जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् । 

    २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ । 

    यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका जबरा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए । 

    २०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend