काठमाडौँ । पत्रकार दिलभूषण पाठकले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका छन्।
साइबर ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौँले पक्राउका लागि दिएको अनुमति रोक्न माग गर्दै पाठकले सोमबार निवेदन दिएका हुन्। उच्च अदालत प्रशासनका अनुसार उनको निवेदन सुनवाईका लागि न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरलाई जोडिएको भन्दै उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता पाठक सम्पर्कविहीन छन् ।
अहिले उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको निवेदन दायर गरेका हुन् ।

