२०८३, आश्विन २१ गते

images

सामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार

सोमवार, आषाढ २ २०८२०३:३१
सोमवार, आषाढ २ २०८२०३:३१
  • images

    काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक २ दशलमव ८० अंकले बढेर २,६५८ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सानिमा माइ हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ९० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव ३७ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ६ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend