२०८३, आश्विन २३ गते

images
  • समाचार
  • कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना हुँदा एक...

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, ७ जना घाइते

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, ७ जना घाइते

सोमवार, आषाढ २ २०८२०४:४२
सोमवार, आषाढ २ २०८२०४:४२
  • images

    काठमाडौं । कलंकीमा स्कुल भ्यान दुर्घटना भएको छ । दुर्घटनामा  एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनको शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुलबाट बाहिर निस्कने क्रममा स्कुल गेटको पिलरमा ठोक्किएर भ्यान दुर्घटना भएको हो । दुर्घटनामा स्कुलका बालबालिका र शिक्षक घाइते भएका छन् ।


    घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का र ९ वर्षीया प्रेमिसा घर्तीमगर घाइते भएका छन् ।

    उनीहरु सबैको नेपाल नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    त्यसैगरी स्कुलका प्राधानन्याकप ४६ वर्षीया सुरज पोख्रेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की पनि घाइते भएका छन् । उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend