२०८३, आश्विन २१ गते

images

बागमतीका निलम्बित नगरप्रमुख थापा ५० लाख धरौटीमा छुटे

बागमतीका निलम्बित नगरप्रमुख थापा ५० लाख धरौटीमा छुटे

सोमवार, आषाढ २ २०८२०९:१८
सोमवार, आषाढ २ २०८२०९:१८
  • images

    काठमडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा छुटेका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

    उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । उनले बनाएको भरत तालमा खनेर बेचिएको ढुंगा, गिट्टी, बालुवा, त्यस क्षेत्रमा काटिएका रुखसहित हिसाब गरेर बिगो दाबी गरिएको थियो ।

    थापासँगै बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

    भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाले हाल उनी निलम्बित छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend