२०८३, आश्विन २२ गते

images

३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा

३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा

सोमवार, आषाढ २ २०८२०९:२८
सोमवार, आषाढ २ २०८२०९:२८
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा रिहा भएका छन् । सोमबार ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । 

    २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । 

    राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend