२०८३, आश्विन २३ गते

images
  • समाचार
  • गृहले एकैपटक गर्‍यो २१ सहसचिव र...

गृहले एकैपटक गर्‍यो २१ सहसचिव र उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

गृहले एकैपटक गर्‍यो २१ सहसचिव र उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

मंगलवार, आषाढ ३ २०८२०४:४५
मंगलवार, आषाढ ३ २०८२०४:४५
  • images

    काठमाडौँ । सरकारले एकै पटक ठूलो संख्यामा उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । सहसचिवको दरबन्दी रहेको स्थानमा समेत उपसचिवलाई खटाईएको भन्दै चर्चा चलिरहँदा गृहले उपसचिवलाई फिर्ता बोलाएर सहसचिवलाई खटाएको हो ।

    जसअनुसार गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । यस्तै, मन्त्रालयको अतिरिक्त (बरन्डा) मा रहेका सहसचिवहरूलाई पनि जिम्मेवारी तोकिएको छ । 

    गृह मन्त्रालयमा रहेका रामु राज कडरीयालाई गोरखा, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत सुरेश पन्थीको भोजपुर, गुल्मीका सीडीओ जनार्दनगौतमको डडेल्धुरा, मन्त्रालयका सुनिता नेपालको इलाम, इलामका सीडीओ कल्पना श्रेष्ठको मन्त्रालय, बैतडीका सीडीओ दीर्घराज उपाध्यायको मन्त्रालय, डोटीका मोहनराज जाोशीको मन्त्रालय र मन्त्रालयमा कार्यरत प्रेम प्रसाद भट्टराईको कसूरजन्य सम्पत्ति विभागमा सरुवा गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend