२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित भयो...

सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित भयो प्रतिनिधिसभाको बैठक

सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित भयो प्रतिनिधिसभाको बैठक

मंगलवार, आषाढ ३ २०८२०५:०५
मंगलवार, आषाढ ३ २०८२०५:०५
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो ।

    रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको छ । त्यसमा राप्रपाको पनि साथ छ ।

    माओवादीसँग दुई बुँदे सहमति भएर सदन चलाए पनि रास्वपा र राप्रपाले स्वीकार गरेका छैनन् । सदन चलाउन सभामुखले आजै गृहमन्त्री, ठूला पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति बनेन ।

    सभामुखले भोलि सहमतिका लागि दललाई आवश्यक छलफल गर्न निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend