२०८३, आश्विन २३ गते

images
  • समाचार
  • पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउन...

पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउन साइबर ब्युरोको सूचना

पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउन साइबर ब्युरोको सूचना

मंगलवार, आषाढ ३ २०८२०९:२३
मंगलवार, आषाढ ३ २०८२०९:२३
  • images

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउनु भन्दै सार्वजनिक सूचना निकालेको छ। ब्युरोले जेठ २७ गते काठमाडौं जिल्ला अदालतबाट दिलभूषणविरूद्ध पक्राउ पुर्जी लिएको थियो। त्यसविरूद्ध दिलभूषणले उच्च अदालत पाटनमा पनि निषेधाज्ञाको निवेदन दिएका थिए।

    'दिलभूषण पाठकज्यू, प्रस्तुत विषयमा परिवर्तित नाम 'साइबर ब्यूरो ५९ ९२०८१/८२' को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईं भएको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा तपाईंविरूद्ध सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ जेठ २७ गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ,' सूचनामा भनिएको छ।

    पत्रकार दिलभूषणले आफ्नो युट्युब च्यानलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिलटन होटलमा लगानी गरेको भन्दै सामग्री गरेपछि उनीविरूद्ध उजुरी परेको थियो। सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको इजलासले उनलाई तत्काल पक्राउ नगर्नू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।


    'निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) क बमोजिम विपक्षीहरूका नाउमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,' आदेशमा भनिएको थियो।

    notice dil bhusan.png
    undefined

    अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे दुवै पक्षलाई छलफलका लागि, अदालते असार ५ गते बोलाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend