२०८३, आश्विन २३ गते

images

एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

बुधवार, आषाढ ४ २०८२०१:४८
बुधवार, आषाढ ४ २०८२०१:४८
  • images

    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना भारतीय महिला पक्राउ परेकी छन् । दुबईबाट बुधबार बिहान काठमाडौं आएकी भारतीय महिला खेमनीमीना सुर्जित सिंह पक्राउ परेकी हुन् ।

    विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार, उनको साथबाट प्रहरीले ११ सय ६० ग्राम सुन बरामद गरेको छ । विमानस्थल प्रहरीले आशंका लागेर जाँच गर्दा सुन भेटिएको हो ।

    उनी एयर अरबियामार्फत काठमाडौं आएकी थिइन्। उनले लिक्युड बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend