२०८३, आश्विन २१ गते

images

१५९ कम्पनीको सेयर भाउ ओरालो लाग्दा घट्यो नेप्से

१५९ कम्पनीको सेयर भाउ ओरालो लाग्दा घट्यो नेप्से

बुधवार, आषाढ ४ २०८२०४:२२
बुधवार, आषाढ ४ २०८२०४:२२
  • images

    काठमाडौं । बुधबार नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.०७ अंक घटेर २६५३.६८ विन्दुमा झरको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन साढे ७ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएका विकास बैंक र होटल तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    पियोर इनर्जीको शेयर निरन्तर १२ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।


    कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जीको करिब ६२ करोडको शेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको ४५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend