२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • आज पनि संसदमा रास्वपा र राप्रपाको...

आज पनि संसदमा रास्वपा र राप्रपाको विरोध कायमै

आज पनि संसदमा रास्वपा र राप्रपाको विरोध कायमै

बिहिवार, आषाढ ५ २०८२०१:२२
बिहिवार, आषाढ ५ २०८२०१:२२
  • images

    काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेका छन्। बैठक हुने बित्तिकै रास्वपाका हरि ढकाल र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेर अवरोध कायमै रहेको बताए। 

    लगत्तै रास्वपा सांसदहरुले यसअघि झै वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन्। 

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकमाथि छानबिन समिति बनाउनुपर्ने माग राख्दै गत जेठ १३ गतेदेखि राप्रपा र रास्वपाले संसद् बैठक अवरोध गरिरहेका छन्।

    त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरुले संसद् बैठक बहिस्कार गर्ने बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend