२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संसदमा रास्वपाको विरोध कायमै, कार्यसूचीबाट हटाईयो...

संसदमा रास्वपाको विरोध कायमै, कार्यसूचीबाट हटाईयो प्रधानमन्त्रीसँग प्रश्नोत्तर

संसदमा रास्वपाको विरोध कायमै, कार्यसूचीबाट हटाईयो प्रधानमन्त्रीसँग प्रश्नोत्तर

शुक्रवार, आषाढ ६ २०८२१२:१७
शुक्रवार, आषाढ ६ २०८२१२:१७
  • images

    काठमाडौँ । शुक्रबारको संसद बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विरोध जनाएका छन् । संसद बैठक सुरु हुनासाथ उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै उनीहरुले विरोध जनाएका हुन् । 

    रास्वपाको विरोध कायम रहेसँगै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । 

    यस्तै, रास्वपाका सांसदहरुले शुक्रबारको बैठकमा कालो कपडा र निलो रिबनसहित संसद बैठकमा उपस्थित भएका छन् । रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन पुगेका हुन् ।

    महिला सांसदहरुले भने कालो कोट र कालो मिश्रित सारी लगाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend