२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रास्वपाका सांसद भन्छन्– प्रधानमन्त्रीले हाम्रो कुरा...

रास्वपाका सांसद भन्छन्– प्रधानमन्त्रीले हाम्रो कुरा नसुनेपछि बैठक बहिष्कार गर्‍यौ

रास्वपाका सांसद भन्छन्– प्रधानमन्त्रीले हाम्रो कुरा नसुनेपछि बैठक बहिष्कार गर्‍यौ

शुक्रवार, आषाढ ६ २०८२०१:३४
शुक्रवार, आषाढ ६ २०८२०१:३४
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् ।

    ‘भिजिट भिसा’ प्रकरणको उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनले भने, “हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ।”

    प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend