काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले नियन्त्रणमा लिएको छ ।
योजना स्वीकृत गर्ने, खरिद आदेश गर्ने तथा ठेक्का सम्बन्धी लगायतका काम काजको प्रक्रिया मिचेर आर्थिक चलखेलको गरेको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई आयोगले नियन्त्रणमा लिएको हो ।
श्रीवास्तव माथि पदीय मर्यादाको उलङ्घन गर्दै अनुशानहिन कार्य गरेर सार्वजनिक रुपमा संस्थालाई बदनाम गराएर आर्थिक अनियमिततामा संलग्न रहेको आरोप लागेको अख्तियारले जनाएको छ।
श्रीवास्तवलाई वीरगञ्जको बाइपास एरियाबाट कागजपत्र सहित शुक्रबार नियन्त्रण लिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट शान्ति सुरक्षाकोको लागि थप प्रहरी परिचालन गरिएको प्रहरी श्रोतले जनाएको छ ।

