काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । सेयर बजार नेप्से परिसूचक ३२ दशलमव ९३ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१० कम्पनीको २ करोड १५ लानख ४७ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै दोर्दी खोलाको कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युतको ४९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव ६० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया बैंक डिबेञ्चरका इकाईधनीले ३ दशमलव ४० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

