२०८३, आश्विन २१ गते

images

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

सोमवार, आषाढ ९ २०८२०३:४६
सोमवार, आषाढ ९ २०८२०३:४६
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सोमबार केही सुधार देखिए पनि शेयर कारोबार रकम भने घटेको छ। लगातार ४ दिनको गिरावटपछि सोमबार नेप्से सूचक ८.१३ बिन्दुले बढेर २६०४.११ अंकमा पुगेको हो।

    तर, कारोबार रकम अघिल्लो दिनको तुलनामा उल्लेखनीय रूपमा घटेको देखिएको छ। सोमबार ६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ, जुन आइतबारको ९ अर्ब १४ करोड रुपैयाँको कारोबार तुलनामा घटावट हो।

    ७ उपसमूहमा सुधार, ६ मा गिरावट

    नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचकमा सुधार आएको छ भने ६ उपसमूहमा गिरावट आएको छ। व्यापार उपसमूह सबैभन्दा धेरै २.२० प्रतिशत ले उकालो लागेको छ।

    यस दिन विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य घटावटमा देखिएका छन्।

    जोशी हाइड्रोपावरमा सर्किट लेभल, पञ्चकन्यामा उल्लेखनीय वृद्धि

    सोमबारको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावर को शेयर मूल्य करिब साढे ९ प्रतिशत ले बढेको हो।

    गुराँस लघुवित्त वित्तीय संस्था को शेयर मूल्य १० प्रतिशतले घट्दै दिनको सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी बनेको छ।

    राधी विद्युतको सबैभन्दा धेरै कारोबार

    कारोबार रकमको आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५२ करोड १८ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    त्यस्तै, बुटवल पावर कम्पनी को ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने ङादी ग्रुप पावर को कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend