काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज (भाडा) प्रकरणका आरोपी प्रवीणराज जोशीलाई साढे पाँच लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ ।
न्यायाधीश मोना सिंहको इजलासले जोशीसँग धरौटी माग गर्ने आदेश गरेको हो । जोशी वृहस्पति विद्यालय व्यवस्थापन प्रालि (वृहस्पति विद्यासदन) का सञ्चालक हुन् । उनी मंगलबार बिहान अदालतमा उपस्थित भएपछि आजै थुनछेक बहस भएको थियो ।
यसअघि जिल्लाले सोमबार जिल्लाले तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत वैशाख दोस्रो साता बाल मन्दिर लिज प्रकरणमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी (बाल मन्दिरकी तत्कालीन अध्यक्ष) रिता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठलगायत १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

