काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
गत पुसमा बसेको सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको थियो ।
व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषयमा टिप्पणी गरेपछि एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरुले बुझाएको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै एमालेले निलम्बन गरेको थियाे । ६ महिनापछि उनीहरुकाे निलम्बन फुकुवा भएकाे हाे ।

