२०८३, आश्विन २१ गते

images

नारायणगढ-मुग्लिन सडक २ घण्टाका लागि बन्द

नारायणगढ-मुग्लिन सडक २ घण्टाका लागि बन्द

बिहिवार, आषाढ १२ २०८२१२:००
बिहिवार, आषाढ १२ २०८२१२:००
  • images

    काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड दुई घण्टाका लागि बन्द भएको छ। बिहीबार बिहान ११ बजेदेखि बन्द भएको सडक दिउँसो १ बजेपछि मात्रै खुल्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। 

    डिभिजन कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार तुइँन खोला भन्ने ठाउँमा सडकमाथि अड्किएको ठूलो ढुंगा झार्नको लागि सवारी आवागमन बन्द गरिएको हो। हेटौँडाबाट लामो एक्स्काभेटर ल्याएर अड्केका ढुंगा झार्न लागिएको उनले बताए। 

    तुइन खोलामा बेलाबेलामा पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ। पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गरिएको आचार्यले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend