२०८३, आश्विन २१ गते

images

‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल १० करोडको बैंकिङ कसुरमा पक्राउ

‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल १० करोडको बैंकिङ कसुरमा पक्राउ

शुक्रवार, आषाढ १३ २०८२०२:२२
शुक्रवार, आषाढ १३ २०८२०२:२२
  • images

    काठमाडौं । राजधानीको पुरानो बसपार्क क्षेत्रमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।

    शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनामनगरबाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जनाएअनुसार भेटवालमाथि १० करोड रुपैयाँ बराबरको बैंकिङ कसुरको आरोपमा जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

    भेटवाल यसअघि २०७९ फागुन १० गते पनि ३ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए। व्यवसायिक क्षेत्रका विवादित पात्रका रूपमा चिनिएका भेटवाल बैंकिङ अनियमितता, चेक बाउन्स र निर्माणमा ढिलाइका कारण बारम्बार कानुनी कारबाहीको घेरामा पर्दै आएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend