काठमाडौं । सरकारले आर्थिक क्षेत्रको सुदृढीकरण र बैंक तथा वित्तीय संस्थाको कर्जा उठाउने प्रक्रिया सहज बनाउने उद्देश्यले कर्जा असुली न्यायाधिकरण गठन गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृतिबहादुर विष्टको अध्यक्षतामा त्रिसदस्यीय न्यायाधिकरण गठन गर्ने निर्णय गरेको हो।
न्यायाधिकरणको अन्य दुई सदस्यमा वसन्त पराजुली र गोविन्द शर्मा रहने छन्।

