२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, आश्विन २३ २०८३१२:०४
शुक्रवार, आश्विन २३ २०८३१२:०४
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर दुई लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर प्रतितोला चार हजार चार सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य फेरबदल र माग(आपूर्तिको अवस्थाअनुसार स्थानीय बजारमा दैनिक मूल्य निर्धारण हुने गर्दछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend