काठमाडौँ । डोल्पाको मुड्केचुला गाउँपालिकाले ४२ करोड बढीको बजेट सार्वजनिक गरेको छ । असार १० गते बसेको पालिकाको १७ औँ गाउँसभाले आगामी आर्थिक बर्ष २०८२/२०८३ का लागी ४२ करोड ३२ लाख २२ हजार बजेट सर्वसम्मत पारीत गरेको हो ।
पालिकाका अध्यक्ष दत्त बहादुर शाहीको अध्यक्षतामा भएको १७ औँ गाउँ सभामा उपाध्यक्ष दुदा रोकायले बजेट सभामा बजेट पेश गरेकी हुन । उपाध्यक्ष रोकायाले पेश गरेको बजेटमा चालू तर्फ ६० दशमलव ४७ प्रतिशत पूजिंगत तर्फ ३९ दशमलव ५३ प्रतिशत बिनियोजन भएको छ ।
त्यसैगरी समग्रमा सामाजिक विकास तर्फ १४ करोड ८६ लाख,आर्थिक विकास तर्फ १ करोड २२ लाख,भौतिक पूर्वाधार तर्फ १३ करोड ८५ लाख, सुशासन तथा सस्थागत विकास तर्फ ९ करोड २३ लाख, खानेपानी तथा सरसफाइ तर्फ १ करोड ९ लाख, वडा कार्यालय प्रशासनिक खर्च तर्फ ४६ लाख, श्रम रोजगार तर्फ १ करोड २२ लाख र बाँकी रकम अन्य विविध शिर्षकमा बिनियोजन गरिएको मुड्केचुला गाउँपालिका प्रमुख प्रशसकिय अधिकृत रेशम महताराले जानकारी दिए ।
उनले पालिकाले ५ सैयाको पालिका स्तरीय अस्पताल, सडक पूर्वाधार र भवन निर्माणलाई शिषेश प्राथमिकता राखिएको बताए ।
गाउँसभाले आगामी आर्थिक बर्षको बजेट र निति तथा कार्यक्रम पारित गरि आगामी वर्षको विनियोजन ऐन र आर्थिक ऐन समेत पारीत गरेको गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।

