२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • सुनचाँदी व्यवसायी फेरि आन्दोलित, साउन १...

सुनचाँदी व्यवसायी फेरि आन्दोलित, साउन १ गतेदेखि अनिश्चितकालीन बन्दको चेतावनी

सुनचाँदी व्यवसायी फेरि आन्दोलित, साउन १ गतेदेखि अनिश्चितकालीन बन्दको चेतावनी

सीएनएन खबर
आइतवार, आषाढ १५ २०८२०३:०३
सीएनएन खबर
आइतवार, आषाढ १५ २०८२०३:०३
  • images

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरुद्धमा सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित बनेका छन्। सरकारले आफूहरूको जायज माग बेवास्ता गरेको भन्दै व्यवसायीहरूले शुक्रबार देशभरका सुनचाँदी पसलहरू बन्द गरेका छन्।

    व्यवसायीहरूका अनुसार यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएका थिए। सोही आश्वासनका कारण व्यवसायीहरूले केही दिन आन्दोलन स्थगन गरेका थिए। तर, बजेट र विनियोजन विधेयक पारित हुँदा समेत माग सम्बोधन नभएपछि उनीहरू फेरि सडकमा उत्रन बाध्य भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    शुक्रबार राजधानीको न्युरोड क्षेत्रमा बागमती प्रदेशस्तरीय बृहत विरोध र्‍यालीसमेत निकालिएको थियो। व्यवसायीहरूले र्‍यालीमा सहभागी भएर सरकारले लादेको कर नीतिको विरोध गरेका थिए।

    उनीहरूले सरकारले अविलम्ब माग सम्बोधन नगरे साउन १ गतेदेखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्दमा जाने चेतावनीसमेत दिएका छन्। व्यवसायीहरूको मागलाई सरकारले गम्भीरताका साथ सम्बोधन गर्न आवश्यक रहेको उनीहरूको जोड छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend