काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १.०२ प्रतिशत अर्थात २६.५३ अंकले बढेर २ हजार ६२२.२८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ प्रतिशतले बढेर ४४८.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ६४ लाख ९६ हजार ३५० कित्ता सेयर ७ अर्ब ६ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । बैंकिङ समूह आज सर्वाधिक अर्थात २.१६ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.६७ प्रतिशत, फाइनान्स, ०.६८, होटल ०.२५, हाईड्रो ०ं५८, लगानी ०.४७, जीवन बीमा ०.९९,लघुवित्त १.९७, म्युचुअल फण्ड ०.४१, निर्जीवन बीमा ०.५५, अन्य १.४९ र व्यापार समूह ०.२७ प्रतिशतले बढ्यो ।
उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.४६ प्रतिशतले घट्यो ।
यो दिन साहस उर्जा लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५७ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावर कम्पनीको पनि आज ३४ करोड ५६ लाख, युनियन हाईड्रोको २४ करोड ९ लाख, ङादी ग्रुप पावरको २३ करोड १६ लाख र राधी विद्युत कम्पनीको २१ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।
आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमभूल्यमा अपर सर्किट लाग्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज अपर सर्किट लाग्यो ।
विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य पनि आज ९.४९ प्रतिशत र ग्रिन भेन्चर्स लिमिटेडको ७.१६ प्रतिशतले बढ्यो । जोशी हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.५७ प्रतिशतले घट्यो । युनिलिभर नेपालको पनि आज ३.४९ प्रतिशत र पञ्चकन्या माई हाईड्रोको ३.२० प्रतिशतले घट्यो ।

