२०८३, आश्विन २२ गते

images
  • समाचार
  • काठमाडौं र ललितपुरमा २ जनाको शव...

काठमाडौं र ललितपुरमा २ जनाको शव भेटियो

काठमाडौं र ललितपुरमा २ जनाको शव भेटियो

आइतवार, आषाढ १५ २०८२०५:४८
आइतवार, आषाढ १५ २०८२०५:४८
  • images

    काठमाडौं। काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव भेटिएको हो । दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

    त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा एक महिला मृत भेटिएकी छिन् । नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend