२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकका १५ निर्णयः कर्जा असुली...

मन्त्रिपरिषद् बैठकका १५ निर्णयः कर्जा असुली न्यायाधीकरण गठनदेखि दरबन्दी स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकका १५ निर्णयः कर्जा असुली न्यायाधीकरण गठनदेखि दरबन्दी स्वीकृतसम्म

सोमवार, आषाढ १६ २०८२०२:०१
सोमवार, आषाढ १६ २०८२०२:०१
  • images

    काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेका छन् ।
    निर्णयहरूमा सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिएको छ ।

    सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायधिकरण गठन गरिएको हो । बैठकले उक्त न्यायाधीकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

    सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूवसहसचिवहरू रोहितकुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरिएको छ ।

    बैठकले प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने निर्णय पनि गरेको छ ।

    त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ भने राष्ट्रिय पर्यटन नीति २०८२ स्वीकृत गरेको छ ।

    cabinet-13-asar.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend