२०८३, आश्विन २१ गते

images

सेयर बजार ९.१९ अंकले उकालो, ६ अर्ब ३८ करोडको कारोबार

सेयर बजार ९.१९ अंकले उकालो, ६ अर्ब ३८ करोडको कारोबार

सोमवार, आषाढ १६ २०८२०३:३६
सोमवार, आषाढ १६ २०८२०३:३६
  • images

    काठमाडौं । साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ९.१९ अंकले बढेर २,६३१ विन्दुमा पुगेर सेयर बजार हरियाली देखिएको छ ।

    आजको कारोबार अवधिभर ३१८ कम्पनीका १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

    दिनभरको कारोबारमा १४५ कम्पनीका सेयरमूल्य बढ्दा १०३ कम्पनीको घटेको छ ।

    आज सबैभन्दा धेरै कारोबार साहस उर्जा कम्पनीको सेयरमा भएको छ, जसमा ३६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भयो । सानिमा माई हाइड्रोपावर कम्पनीको ३१ करोड ४७ लाख र बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।

    राप्ती हाइड्रोका लगानीकर्ताले आज सबैभन्दा धेरै, ९.९७ प्रतिशतको दरले लाभ कमाएका छन् । त्यसपछि धौलागिरी लघुवित्तका लगानीकर्ताले ९.८० प्रतिशत, विन नेपाल लघुवित्तका लगानीकर्ताले ९.१६ प्रतिशत र सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतले कमाएका छन् ।

    उता, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले भने आज सबैभन्दा धेरै ४.९२ प्रतिशतको घाटा बेहोर्नुपर्‍यो ।

    आजको बजार सुधारले लगानीकर्तामा केही हदसम्म आत्मविश्वास बढाएको विश्लेषकहरुको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend