काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३१.४४ अंकले वृद्धि भएर २६६२.९२ को बिन्दुमा कायम भएको छ ।
आज २१७ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ । जसमा सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको शेयरमूल्य ९.८७ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ ।
त्यस्तै, बरुण हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ ।

