२०८३, आश्विन २३ गते

images

काठमाडौंमा मापदण्ड विपरीतका ४४ पानीका जार बरामद

काठमाडौंमा मापदण्ड विपरीतका ४४ पानीका जार बरामद

मंगलवार, आषाढ १७ २०८२०६:३५
मंगलवार, आषाढ १७ २०८२०६:३५
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका ४४ वटा पानीका जार बरामद गरेको छ । मंगलबार महानगरको कृषि तथा पशुपन्छी विभागले गोंगबु बसपार्क क्षेत्रमा अनुगमन गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेटिएपछि ती सबै जार जफत गरिएको महानगरले जनाएको छ ।

    महानगरले मंगलबारदेखि बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको अनुगमन सुरु गरेको हो । अनुगमनमा प्रशोधित पानी बोक्ने २८ वटा सवारीसाधन निरीक्षणमा परेका थिए । विभिन्न कम्पनीका पानी जार प्रयोग भइरहे पनि तीमध्ये थुप्रै जार प्रयोगयोग्य मापदण्डविपरीत भेटिएको महानगरको भनाइ छ ।

    महानगरका अनुसार जफत गरिएका जार महानगर प्रहरी बलको जिम्मा लगाइएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका जार प्रयोग भइरहेको पाइएपछि महानगरले सम्बन्धित पानी उत्पादक कम्पनीलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend