२०८३, आश्विन २१ गते

images

सन् २०२५ को पहिलो छ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए

सन् २०२५ को पहिलो छ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए

मंगलवार, आषाढ १७ २०८२१०:१७
मंगलवार, आषाढ १७ २०८२१०:१७
  • images

    काठमाडौं । सन् २०२५ को पहिलो छ महिनामा नेपालमा ५ लाख ७७ हजार ६ सय ८९ विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मासिक औसत पर्यटक आगमन ९६ हजार २ सय ८१ रहेको छ।

    तर, यो संख्या अघिल्लो वर्षको तुलनामा केही घटेको देखिन्छ। सन् २०२४ को सोही अवधिमा ५ लाख ८३ हजार ११ पर्यटक आएका थिए भने महामारीपूर्वको सन् २०१९ मा ५ लाख ७३ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।

    हालसम्मको तथ्यांक हेर्दा नेपालले पर्यटक आगमन लक्ष्यमा उत्साहजनक वृद्धि गर्न नसकेको पर्यटन बोर्डले जनाएको छ।

    जुन महिनामै उच्च आगमन
    सन् २०२५ को जुन महिनामा मात्रै ७६ हजार ४ सय २४ पर्यटक आएका छन्, जुन यस महिनाको अहिलेसम्मकै उच्च आगमन हो।

    गत वर्षको जुनमा ७६ हजार ३ सय ३३ तथा २०२३ मा ७२ हजार २ सय ५० जना पर्यटक नेपाल आएका थिए।

    भारत, अमेरिका र चीन शीर्ष तीन
    जुन महिनामा भारतबाट सर्वाधिक ३२ हजार ६ सय ६२ पर्यटक आएका छन्। दोस्रो स्थानमा अमेरिका (९ हजार ९ सय ६९) र तेस्रोमा चीन (६ हजार ७ सय ३६) छन्।

    अन्य उल्लेखनीय आगमन देश अनुसार:

    बंगलादेश: ५ हजार ४ सय ४९

    बेलायत: २ हजार २ सय ८४

    अस्ट्रेलिया: १ हजार ८ सय ३१

    मलेसिया: १ हजार ३ सय ४८

    भुटान: १ हजार १ सय ६७

    जापान: १ हजार १९

    फ्रान्स: १ हजार २

    पर्यटन बोर्डले आगामी महिनामा पर्यटक आकर्षण वृद्धि गर्न प्रवर्द्धनात्मक गतिविधि तीव्र बनाउने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend