२०८३, आश्विन २१ गते

images

बैंकमा अधिक तरलता, थप ६० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकमा अधिक तरलता, थप ६० अर्ब खिच्दै राष्ट्र बैंक

बुधवार, आषाढ १८ २०८२१०:५०
बुधवार, आषाढ १८ २०८२१०:५०
  • images

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता थपिनेक्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्न लागेको छ।

    केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

    राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधवार बजारबाट पैसा झिक्दै आएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

    यसको साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ ।  निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend