२०८३, आश्विन २३ गते

images

नेतृ झाँक्रीलाई नेकपा एसको स्पष्टीकरण

नेतृ झाँक्रीलाई नेकपा एसको स्पष्टीकरण

बुधवार, आषाढ १८ २०८२०२:३९
बुधवार, आषाढ १८ २०८२०२:३९
  • images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।

    पार्टी अनुशासन आयोगले मंगलबार झाँक्रीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो। आयोगका अनुसार झाँक्रीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले पार्टीको अनुशासन, एकता र मर्यादामाथि प्रश्न उठाएको भन्दै स्पष्टीकरण मागिएको हो।

    नेतृ झाँक्रीले केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालको आलोचना गर्दै भनिन्, “अब काँधमा मरेको सिनो बोकेर हिँड्न सकिन्न। अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरौं।”

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend