२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संघीय विधेयकमा गम्भीर त्रुटि गरेका खतिवडा...

संघीय विधेयकमा गम्भीर त्रुटि गरेका खतिवडा बचाउमा व्यस्त, सांसदहरूबाट राजीनामाको माग तीव्र

संघीय विधेयकमा गम्भीर त्रुटि गरेका खतिवडा बचाउमा व्यस्त, सांसदहरूबाट राजीनामाको माग तीव्र

बुधवार, आषाढ १८ २०८२०४:५४
बुधवार, आषाढ १८ २०८२०४:५४
  • images

    काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा गम्भीर त्रुटि भएको भन्दै प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि सांसदहरूले राजीनामाको माग गरेका छन्। बुधबार बसेको समितिको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले सभापतिले नै प्रक्रियागत गल्ती गरेको आरोप लगाउँदै उनको नेतृत्वमा काम गर्न नसकिने चेतावनी दिएका हुन्।

    सांसदहरूको आरोपपछि सभापति खतिवडा आफूमाथि लागेको आरोप अस्वीकार गर्दै दोषी ठहरिए कुनै पनि सजाय भोग्न तयार रहेको बताएका छन्। उनले, “यो गम्भीर अक्षम्य अपराध हो भने अनुसन्धान गरेर दोष देखियो भने म जस्तोसुकै सजाय भोग्न तयार छु,” भनेका छन्। साथै उनले आफूबाट कुनै गैरकानुनी काम नभएको र कार्यअधिकारबाहिर नगरेको दाबी गर्दै राजनीति नै समाप्त पार्ने नियतले आफूमाथि आक्रमण गरिएको आरोप लगाए।

    खतिवडाले कुलिङ पिरियडको प्रावधान केही निजामती कर्मचारीहरूको बेथिति नियन्त्रणका लागि ल्याएको प्रस्ट पारे पनि सांसदहरूले उनको जवाफ चित्तबुझ्दो नरहेको बताएका छन्। बैठकमा एमालेका सांसदहरूले तत्काल राजीनामा दिनुपर्ने माग गरेपछि समितिको वातावरण थप तनावग्रस्त बनेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend