काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले पार्टीको केन्द्रीय बैठकमै महामन्त्री गगन थापालाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले आफूविरुद्ध संसद्मा बोल्ने र अख्तियारलाई सक्रिय गराउने काममा थापाको भूमिका रहेको आरोप लगाए।
“महामन्त्री गगनजी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्,” बस्नेतले बैठकमै चुनौती दिँदै भने, “समय लाग्ला, तर कोही पनि सग्लो देखिने छैनन्।”
टेरामक्स प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी गर्दै बस्नेतले नेपालमा भ्रष्टाचारको मुद्दालाई एकअर्कालाई समाप्त गर्ने अस्त्र बनाइँदै गरेको टिप्पणी गरे।

