२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • आजबाट पिपुल्स पावर लिमिटेडको हकप्रदमा आवेदन...

आजबाट पिपुल्स पावर लिमिटेडको हकप्रदमा आवेदन दिन सकिने

आजबाट पिपुल्स पावर लिमिटेडको हकप्रदमा आवेदन दिन सकिने

आइतवार, आषाढ २२ २०८२०७:५१
आइतवार, आषाढ २२ २०८२०७:५१
  • images

    काठमाडौँ । पिपुल्स पावर लिमिटेडले आज असार २२ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले १स्०।५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो।

    कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। हकप्रदमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ।

    कम्पनीले हकप्रद निष्काशनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend