२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा...

शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

मंगलवार, आषाढ २४ २०८२१२:५६
मंगलवार, आषाढ २४ २०८२१२:५६
  • images

    काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  

    न्याय परिषद्ले गत जेठ २७ गते उनीहरूलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । नवनियुक्त न्यायाधीशहरुले आजबाट नै इजलास पाएका छन् । मंगलबार बिहान पद तथा गोपनीयताको शपथपछि गोला प्रथाबाट नवनियुक्त न्यायाधीशहरुले इजलास पाएका हुन् ।  

    नवनियुक्त तीन जना न्यायाधीशलाई यसअघि कार्यरत वरिष्ठ न्यायाधीशको नेतृत्वमा संयुक्त इजलास परेको छ । नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग बेन्च शेयर गर्ने छन् ।

    त्यस्तै नवनियुक्त न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश डा.कुमार चुडालसँग र नवनियुक्त न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश डा. मनोजकुमार शर्मासँग संयुक्त इजलासमा बेन्च शेयर गर्नेछन् । 

    न्यायाधीशहरूको शपथ कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनताको विश्वास कायम राख्न नवनियुक्त न्यायाधीशहरू अहोरात्र खटिनेमा आफू विश्वस्त रहेको बताए । उनले नेपालको न्याय प्रणालीमाथि जनताको विश्वास अभिवृद्धि गर्न सर्वोच्च अदालत दृढ रहेको समेत बताए ।  

    उनले सर्वोच्च अदालतमा नवनियुक्त सहित २० जना न्यायाधीशले काम गर्दा मुद्दा फर्स्यौटको प्रक्रियाले गति लिने समेत विश्वास व्यक्त गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend