२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्षलाई मोसो...

छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्षलाई मोसो दलेर दुर्व्यवहार(भिडियोसहित)

छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्षलाई मोसो दलेर दुर्व्यवहार(भिडियोसहित)

शुक्रवार, आषाढ २७ २०८२१२:०६
शुक्रवार, आषाढ २७ २०८२१२:०६
  • images

    काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भ्रष्टाचारको आरोपमा छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि मोसो दलेर दुर्व्यवहार गरेका छन्।

    शुक्रबार गण्डकी प्रदेश अन्तर्गतका क्रान्तिकारी कार्यकर्ताले पोखराको छोरेपाटनमा पहारीलाई सार्वजनिक रूपमा कारबाही गर्दै मोसो दल्ने कार्य गरेका हुन्। उनीहरूले विद्यालयको आम्दानीको मुख्य स्रोत पातले छाँगोलाई व्यक्तिगत स्वार्थपूर्तिका लागि माफियासँग मिलेर ठेक्कामा दिएको आरोप लगाएका छन्।

    क्रान्तिकारी गण्डकी प्रदेश संयोजक राजन साउदद्वारा जारी विज्ञप्तिमा घटनाको जिम्मेवारी लिँदै यसलाई ‘सांकेतिक कारबाही’ भनिएको छ। साउदले सम्झौतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक विल्लीराम शर्मालाई समेत राजीनामा दिन चेतावनी दिएका छन्।

    पातले छाँगोको सञ्चालन र व्यवस्थापन २०३४ सालदेखि छोरेपाटन माविले गर्दै आएको थियो। तर, पोखरा महानगरपालिकाले सेती क्यान्योन प्रालिलाई सिसाको पुल र पूर्वाधार विकासका लागि ४० वर्षका लागि सम्झौता गरेको छ। सो सम्झौतामा पहारीसहित पूर्वअध्यक्ष झपिन्द्रराज रेग्मी र तीर्थराज अधिकारीको पनि सहमति रहेको बताइएको छ।

    विद्यालय व्यवस्थापन समितिले २०८० साउन १० गते महानगरका जनप्रतिनिधि, कर्मचारी तथा कम्पनी अध्यक्षसँग बैठक बसेर सो सहमति जनाइसकेको थियो।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend