२०८३, आश्विन २१ गते

images
  • समाचार
  • काठमाडौँमा थपिँदै साझाका १ सयवटा विद्युतीय...

काठमाडौँमा थपिँदै साझाका १ सयवटा विद्युतीय बस

काठमाडौँमा थपिँदै साझाका १ सयवटा विद्युतीय बस

आइतवार, आषाढ २९ २०८२११:१०
आइतवार, आषाढ २९ २०८२११:१०
  • images

    काठमाडौं । आगामी दसैँअगावै काठमाडौँ उपत्यकामा साझाका थप एकसय वटा विद्युतीय बस सञ्चालन हुने भएको छ। सरकारले चीनबाट ल्याएर थप एकसय वटा बस साझा यातायातलाई सञ्चालन गर्न दिन लागेको हो।

    आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले साझा यातायातलाई थप एकसय विद्युतीय स्मार्ट बस उपलब्ध गराउने घोषणा गरेका थिए। साझा यातायात सहकारी लिमिटेडमा नेपाल सरकारको ९९ % सेयर लगानी छ। 

    साझाले काठमाडौँ उपत्यका बाहेक लमो दूरीमा समेत बस सञ्चालन गर्दैै आएको छ। साझा यातायातमा काठमाडौँ र ललितपुर महानगरपालिकाकोसमेत लगानी छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend